September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

संसद पुनर्स्थापनामा हुनेमा विश्वस्त छु: प्रचण्ड

file photo

जनकपुर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड”ले संसद पुनर्स्थापनाको विकल्प नरहेको बताएका छन् ।

आज बिहान पार्टीका नेता महादेव यादवलाई अन्तिम श्रद्धाञ्जली दिन जनकपुर पुगेका प्रचण्डले पत्रकारसँग कुरा गर्दै संसद पुनर्स्थापना हुनेमा विश्वस्त रहेको बताए ।

आउँदो असार २८ गते आउने सर्वोच्च अदालतको परमादेशले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त हुनेसमेत विश्वास व्यक्त गरेका छन् ।

प्रचण्डले संसद पुनर्स्थपाना हुने सम्भावना देखेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोपसमेत लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको