September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

यस वर्षको साउनमा पशुपतिनाथ मन्दिर नखुल्ने

काठमाडौं, पशुपति क्षेत्र विकास कोषले यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको जनाएको छ ।    
    
नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो साताबाट कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो । वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो ।

असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन भने मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।    

    
धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताएका छन् । साउन भगवान् शिवको प्रिय महिना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शका लागि आउने गर्छन् ।    

शीर्ष समाचार

धेरै पढिएको