March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

आयोगद्वारा प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत

काठमाडौं, निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ ।

प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।

विपक्षी दलहरूले संसद् पुनर्स्थापनालगायत माग राखेर सोविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी भएको बेला आयोगले भने सरकारको निर्देशन अनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको