प्रधानमन्त्री ओली भोलि चिनका राष्ट्रपति सीसँग भर्चुअल बैठकमा सहभागी हुँदै

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भोलि मगलबार अपरान्ह भर्चुअल बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को एक सय वर्षगाँठ पुगेको अवसरमा हुन गइरहेको छलफलमा नेपालबाट प्रधानमन्त्री ओलीको सहभागीता रहने भएको हो ।
चीनका राष्टपति जिनपिङले दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुखहरुसँग भोली अपरान्ह ५ बजेतिर छलफल गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको सहभागिताका लागि राष्ट्रपति जिनपिङको तर्फबाट औपचारिक पत्र प्राप्त भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले जानकारी दिएका छन् ।
नेपालबाट अरु को–को नेता सहभागी हुनेबारे जानकारी नभएको पनि उनले बताए । बैठकमा कोरोना महामारी नियन्त्रणको प्रयास, समन्वय र सहकार्य, चीनियाँ कम्युनिष्ट पार्टीको एक शताब्दी पार भएको अवसरमा सो पार्टीको अनुभव, चीनले गरेको प्रगति र अन्य देशसँगको सहकार्यका विषयमा समेत छलफल हुने बताइएको छ ।
प्रतिकृया दिनुहोस्