नेपाली सेनाद्वारा ३०० नाल हतियार तथा एम्युनिशन प्रहरीलाई हस्तान्तरण

काठमाडौं, नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ३०० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका छन् । आज जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनले हतियार हस्तान्तरण गरेका हुन् ।
उक्त हतियार तथा एम्युनिशन तीन चरणमा उपलब्ध गराउने योजना अनुसार बाँकी हतियार तथा एम्युनिशन विसं २०७९ वैशाख महीनासम्ममा हस्तान्तरण गरिने नेपाली सेनाले जनाएको छ ।
उपलब्ध हतियारहरुको मर्मत तथा अप्रेशन तालिमसमेत नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई प्रदान गर्ने योजना रहेको छ । यसबाट नेपाल प्रहरीको क्षमता अभिबृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत बलियो हुने विश्वास लिएको नेपाली सेनाको छ ।
प्रतिकृया दिनुहोस्