September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सुजिताको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीयद्वारा पूर्व पश्चिम राजमार्ग अवरुद्ध

चितवन, चितवनको राप्ती-३ निवासी २३ वर्षीया सुजिता भण्डारी हत्या भएको भन्दै हत्यारा छिटो पत्ता लगाउन माग गर्दै स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

‘सुजिताले न्याय पाउनु पर्छ, घटनाको सत्यतथ्य छानबिन होस’ भन्ने नारासहित आक्रोशित बनेका स्थानीयहरुले सोमबार सडक अवरुद्ध गरेका हुन् ।

विशेष अनुसन्धान टोलीको स्थलगत अनुसन्धानपछि थप अनुसन्धान र पोष्टर्माटम गर्न शव लैजादै गर्दा स्थानियहरुले राजमार्ग अवरुद्ध गराएका हुन् । प्रहरीले १० दिन वितिसक्दासमेत राम्रो अनुसन्धान नगरेका कारण सुजिता मारिएको भन्दै प्रहरी प्रशासनसमक्ष उनीहरुले कडा आक्रोश पोखेका छन ।

आक्रोशित भिडले राप्ती नगरपालिका-३ स्थित राजमार्ग नारावाजीसहित अवरुद्ध गर्दा सो क्षेत्र तनावग्रस्त बनेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको