
काठमाडौं – काेराेना संक्रमणबाट हालसम्म नेपालमा ४८ जनाको मृत्यु भएको छ । जसमध्ये आज ३ काे मृत्युु आज ३ जना मृतककाे विवरण स्वास्थ्य मन्त्रालयले जानागराएकाे थियाे पुष्टि भएका मृतक तीनैजना पुरुष हुन् । ३ मध्य एकजना भारतीय नागरिक रहेकाे छ । अर्को २ जना नेपाली नागरिक हुन् ।
आज मृत्यु पुष्टि भएका भारतीय नागरिकसहित नेपालमा दुईजना विदेशीको क मृत्यु भएको हाे ।मृत्यु हुनेमा १. पर्सा जिल्ला वीरगञ्ज महानगरपालिकाका ६५ वर्षीय पुरुष, ११ साउन गण्डक अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको । मुटु तथा मधुमेहका रोगी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको २. धनुषा सहिदनगर नगरपालिका ८ को डुमरियाका ३६ वर्षीय पुरुषको ११ साउनमा मृत्यु । ज्वरो, खोकी र स्वास प्रश्वारमा कठिनाई भई १० साउनमा जनकपुर प्रादेशिक अस्पतालमा आकस्मिक रुपमा भर्ना भएको । आइसीयुमा राखेको र धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको ३. बारा फेटा गाउँपालिका ३ का ६० वर्षी पुरुषको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १२ साउनमा मृत्यु । निमोनिया, मस्तिष्कघात, मृगौलाका विरामी । १२ साउनमा स्वास्थ्य मन्त्रालयले मृत्यु पुष्टि गरेको हाे । photo file





