September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

सुकेटार विमानस्थलमा आजबाट नियमित उडान शुरु

ताप्लेजुङ, जिल्लाको सुकेटार विमास्थलमा आजबाट नियमित नेपाल वायु सेवा निगमले उडान शुरु गरेको छ । कोरोनाका कारण नियमित उडान दुई महिना बन्द भएको थियो ।

विमानस्थलका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बुका अनुसार सोमबार काठमाडौँबाट नौ जना यात्रु लिएर आएको विमान मौसम खराबीका कारण अवतरण हुन नसकेको हो ।

सुकेटार बाह्र मिनेटभन्दा बढी अवतरणको प्रयास गर्दा पनि मौसमका कारणले अवतरण हुन नसकेर काठमाडौँमै फर्किएको जनाइएको छ । ताप्लेजुङबाट १२ यात्रु काठमाडौँ जानका लागि बुकिङ गरेर सुकेटार विमानस्थलसम्म पुगेका थिए ।

सुकेटारमा हप्तामा चार दिन (सोमबार, बुधबार, शुक्रबार र शनिबार) नियमित उडान हुने सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

हालका लागि काठमाडौँदेखि ताप्लेजुङसम्म रु सात हजार ५० र ताप्लेजुङदेखि काठमाडौँ रु सात हजार १९० भाडा शुल्क तोकिएको सुकेटार विमानस्थल कार्यालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको