September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन सुरु गर्ने

काठमाडौं– राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजदेखि बिजुली उत्पादन सुरु गर्ने भएको छ ।कूल ४ सय ५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न ४ बजे श्रव्यदृश्य माध्यमबाट आयोजनाको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पहिलो युनिटको क्षमता ७६ मेगावाट रहेको छ । प्रणालीको माग अनुसार विजुली उत्पादन हुने बताइएको छ । आयोजनाले विद्युत्गृह रहेको गोगरदेखि खिम्तीसम्मको कूल ४७ दशमलव २ किलोमिटर लामो २ सय २० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको