
काठमाडौं – नेपालमा काेराेना संक्रमितको संख्या १८ हजार ७५२ जना पुगेकाे छ । आाज नयाँ थपिएको संक्रमित १३९ जना रहेका छन् । जम्मा काेराेना संक्रमित मध्य हालसम्म नेपालमा १३ हजार ७५४ जना डिस्चार्ज भएका छन् । जसमध्ये साेमबार मात्रै ६२६ जना डिस्चार्ज भएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा काेराेना संक्रमित ४८ जनाकाे मृत्युु भएकाे छ जसमध्ये आज मात्र ३ जनाकाे मृत्यु भएको हाे ।





