September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

१ हजार ६०३ कोरोना संक्रमित थपिए, २७ जनाको मृत्यु

काठमाडौं, आइतबार नेपालमा थप १ हजार ६०३ जना संक्रमित भएका छन् । देशभर गरिएको ८ हजार १३२ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना डिस्चार्ज भएका छन् ।

गत २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको निधन भएको छ । काठमाडौं उपत्यकामा ४६१ जना संक्रमित भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको