
काठमाडौं – सरिता गिरीकाे ठाउँमा लिलादेवि सांसद बनेकी छन् । निर्वाचन आयोगले समाजवादी पार्टीका तर्फबाट सरिता गिरीको ठाउँमा रिक्त रहेको प्रतिनिधिसभाको सांसद पदमा लीलादेवी सिटौला निर्वाचित भएको घोषणा गरेको छ ।
उक्त पर्टीले समानुपातिक पद्धतिअन्तर्गत खस आर्य समूहको रिक्त महिला सदस्यमा उनको नामा सिफारिस गरेकाले निर्वाचन आयोगले उनलाई निर्वाचित गरेकाे हाे । नेपालको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्न संसदमा सरकारले पेश गरेको संशोधन विधेयकमा पार्टीको निर्णय विपरित सो विधेयकको विपक्षमा संसोधन प्रस्ताव दर्ता गराएको तथा मतदानमा भाग नलिएपछि पार्टीले गिरीलाई निष्कासन गरेको थियो ।







