September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

माधव नेपाल भेट्न अर्थमन्त्रीसहित एमाले नेताहरू कोटेश्वरमा

काठमाडौं, अर्थमन्त्री तथा नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु आइतबार एमाले नेता माधव नेपालको निवास पुगेका छन् ।

पार्टीमा चर्किरहेको विवाद मिलाउने प्रयास स्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल आज बिहान कोटेश्वर पुगेका हुन् ।

एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि दिएको अल्टिमेटम सोमवार सकिदैछ । 

पार्टी बिवाद समाधानको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरुबीच शनिवार दिनभर कुराकानी भएको थियो ।

सो क्रममा उपमहासचिव घनश्याम भुसालको पहलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन कुराकानीसमेत भएको थियो । 

शीर्ष समाचार

धेरै पढिएको