September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

राष्ट्रिय सभाको बैठक आज बस्दै, जम्मा दुई कार्यसुची

काठमाडौं, राष्ट्रिय सभाको आठौं अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे उक्त बैठक बस्नेछ ।

आजको बैठकका लागि २ वटा सम्भावित कार्यसूची मात्र तय गरिएको छ । आजको बैठकमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विडारीले समितिको दोस्रो वार्षिक प्रतिवेदन, २०७७–०७८ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको