किसानको बक्यौता भुक्तानी गर्न डीडीसीलाई २० करोड ऋण

काठमाडौं, सरकारले किसानको बक्यौता रकम भुक्तानी गर्न दुग्ध विकास संस्थान (डीडीसी) लाई २० करोड रुपियाँ सहुलियत ऋण उपलब्ध गराएको छ ।
५ प्रतिशत ब्याजमा सरकारले १० वर्षका लागि २० करोड रुपियाँ ऋण दिएको हो । वार्षिक दुई/दुई करोडको दरले सो रकम फिर्ता गर्नुपर्ने सर्त रहको छ ।
कोरोनाका कारण दूध तथा दुग्ध पदार्थ बिक्री नहुँदा किसानलाई भुक्तानी गर्न डीडीसीलाई समस्या परेको थियो । त्यसपछि डीडीसीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत सरकारसँग सहुलियत ऋण मागेको थियो ।
सरकारबाट प्राप्त रकम वितरण गरे पनि किसानलाई दिनुपर्ने ४५ करोड रुपियाँ अझै बक्यौता रहेको डीडीसीका बजार व्यवस्थापन प्रमुख सञ्जीव झाले जानकारी दिएका छन् ।
डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलका अनुसार सरकारबाट प्राप्त रकमले चैत १५ सम्मको बक्यौता रकम किसानलाई वितरण गर्ने कार्य भइरहेको छ ।
प्रतिकृया दिनुहोस्