August 17, 2022, Wednesday
२०७९ भाद्र १, बुधबार

काठमाडौंमा निषेधाज्ञा थप्ने तयारी, आज तीन सीडीओको संयुक्त बैठक बस्दै

काठमाडौं, कोरोना रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि एक हप्ता थप्ने तयारी भएको छ । यसपटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो । 

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार निषेधाज्ञा थपबारे छलफल गर्न आज दिउँसो ३ बजे तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने भएको हो ।

उनका अनुसार थप क्षेत्र खुला गर्ने विषयमा विज्ञहरूसँग सल्लाह भइरहेको छ । यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२  बजेबाट सकिँदै छ । 

शीर्ष समाचार

धेरै पढिएको