गण्डकीमा प्रदेशवासीलाई निशुल्क खोप उपलब्ध गराउने घोषणा

पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले प्रदेशवासीलाई कोरोना विरुद्धको निशुल्क खोप उपलब्ध गराउने तयारीमा जुटेको बताएका छन् ।
शनिबार स्याङ्जाको आँधीखोला गाउँपालिका ५ सेतीदोभानस्थित आँधीखोला अस्पताल भवनको शिलान्यासपछि आयोजित कार्यक्रममा मुख्यमन्त्री नेपालीले सो कुरा बताएका हुन् ।
उनले भने ‘अघिल्ला सरकारका योजनालाई निरन्तरता दिँदै सबै जिल्लामा २५ शैय्याको अस्पताल र २ देखि ५ शैय्याका सघन कक्ष निर्माण गरिनेछ।’
सरकारको जिम्मा कार्यक्रम अन्तर्गत स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर र पाठेघरको क्यान्सरको शल्यक्रियामा लाग्ने खर्च प्रदेश सरकारले बेहोर्ने, स्थानीय तहसँगको साझेदारीमा शिशु, बालबालिका, किशोरी, अपांगता भएका व्यक्ति र गर्भवतिको पोषण, ६५ वर्षमाथिका नागरिकको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरेको उनको भनाइ छ ।
प्रतिकृया दिनुहोस्