September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

आगामी साउन २५ गते एमालेले विधान सम्मेलन गर्ने

काठमाडौं, सत्तारुढ दल नेकपा एमालेको शनिबार बसेको केन्द्रीय कमिटी बैठकले यहीँ असार मसान्तभित्र सदस्यता नविकरण गर्ने र आगामी साउन २५ गते पार्टी विधान सम्मेलन गर्ने निर्णय गरेको छ ।

केन्द्रीय सदस्य महेश बस्नेतका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हाल जारी बैठकमा महासचिव ईश्वर पोखरेलद्वारा प्रस्तुत प्रस्तावमा सो निर्णय भएको हो ।

उनका अनुसार साउन ५ गतेसम्म केन्द्रमा सदस्यता विवरण पठाउने, भाद्र ५ गते पार्टीको वडा अधिवेशन सम्पन्न गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सोही अनुसार भदौ १५ गते पार्टीको पालिकास्तरको अधिवेशन सम्पन्न गर्ने, पार्टीको केन्द्रीय विभागलाई पूर्णता दिने निर्णय उक्त बैठकले गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको