September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

गोरखामा खोलाले बगाएर एक जनाको मृत्यु

सांकेतिक तस्वीर

गोरखा, शनिबार खोलाले बगाएर गोरखाको आरुघाट गाउँपालिका-१ स्यामचेत बस्ने २६ वर्षका किरण लामाको ज्यान गएको छ । आज बिहान साढे ९ बजेतिर आरुघाट गाउँपालिका ३ सोतीमा रहेकाे खोला तर्ने क्रममा किरणलाई बगाएकाे हाे ।

बगेको स्थानबाट करिब २० मिटर तल अचेत अवस्थामा फेला परेका लामालाई उपचारका लागि आरुघाट बजारको आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी प्रकाश दाहालका अनुसार चिकित्सकले ११ बजे मृत घोषणा गरेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको