September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

असार २२ गतेबाट सुदूरपश्चिममा आन्तरिक हवाइ उडान शुरु हुने

डोटी, विश्वव्यापी महामारी कोभिड-१९ का कारण बन्द भएका आन्तरिक उडानहरु असार १७ गतेबाट पुनः सञ्चालन आएसँगै सुदूरपश्चिममा पनि आन्तरिक हवाइ उडान शुरु हुने भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार कोरोनाका कारण कम्तिमा तीन महिनादेखि बन्द भएको दिपायल–धनगढी हवाई उडान यही असार २२ गतेबाट पुनः सञ्चालन आउने भएको हो ।

दिपायल–धनगढी हप्ताको दुई दिन मङ्गलबार तथा शुक्रबार समिट एअरले उडान भर्ने तालीका तयार गरी हवाई उडान पुनः सञ्चालनका लागि तयारी गरेको दिपायल विमानस्थल कार्यालयले जनाएको छ ।

यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण यहाँका डोटीको दिपायलसहितका अन्य जिल्लाहरु बझाङ, अछाम र बैतडीका आन्तरिक हवाई उडान बन्द भएका थिए ।






शीर्ष समाचार

धेरै पढिएको