September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

थप २ हजार ३२८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु

काठमाडौं, शनिबार थप २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १० हजार १३३ जनामा परिक्षण गर्दा उनीहरुमा कोरोना देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ६६ जना कोरिना निको भई डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या ६ लाख ६ हजार ६६६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार १९८ पुगेको मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको