September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

ओली-नेपालबीच फोनवार्ता, कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने अडान

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच शनिबार फोनवार्ता भएको छ ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीका प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यका अनुसार आज दुई नेताबीच १२ मिनेटजति कुराकानी भएको हो ।

सो कुराकानीका क्रममा अध्यक्ष ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन आग्ह गरेका छन् । तर, नेता नेपालले भने भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ दिएको बताइएको छ ।

उनले हस्ताक्षर फिर्ता लिनको लागि पहिले ओलीले प्रतिनिधि सभा विघटन गर्नु गल्ती भएको भनेर भन्नुपर्ने धारणा राखेका थिए । ओली र नेपालबीच यसअघि बिहीबार राति टेलिफोनमा सम्वाद भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको