October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

राष्ट्रपति र प्रधानमन्त्रीकाे पुत्ला दहन गर्दै प्रदर्शनमा उत्रिए विपक्षी गठबन्धनका विद्यार्थीहरु

काठमाडौं, १७ असार । प्रधानमन्त्री र राष्ट्रपतिकाे विराेधमा पुत्ला दहन गरिएको छ ।

विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलनिकट पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज प्रदर्शन गरेका छन् ।

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्लासमेत जलाउदै प्रदर्शनमा उत्रिएका छन् ।

प्रदर्शनमा उत्रिएकाहरुमध्ये केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धरपकड गर्दा २ जना विद्यार्थी सामान्य घाइते भएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको