October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

कहिले यता कहिले उता गर्नु मेराे कमजोरी हाे: प्रचण्ड

काठमाडौं,असार १६ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफू कहले यता कहिले उता गर्नु पनि कमजोरी हाे भनेर भनेका छन् । विपक्षी गठबन्धनले आज (बुधबार) काठमाडौंमा बुद्धिजीवीहरुसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

संविधानसभाबाट संविधान घोषण गर्दा धेरै ठूलो चूनौतिको पार गरेको स्मरण गर्दै प्रचण्डले आफुहरुमध्ये एक थरीले अहिले संविधान नबनाऔं भन्ने तत्व र प्रवृत्ति रहेको पनि बताए । उनले भने,‘धेरै ठूलो दबाब, अप्ठ्यारो, जटिलता र चूनौतिको सामना गरिएको थियो ।

अहिले कथा व्यथा यहाँ फुकाउन उपयुक्त पनि छैन् । निर्वाचन नहोस भन्नको लागि पनि हामीले त्यस्तै अप्ठ्यारा र जटिलताको सामाना गरेकै हो । हामीले जोखिम उठाएर भएपनि निर्वाचनमा गएका हौं ।

मधेशमा त्यतिवेला आन्दोलन थियो । मधेशलाई समेत पनि सहभागी गरायौं । र, निर्वाचन सम्पन्न गर्यौं । अहिले देशमा फेरि संकट आईरहेको छ । निर्वाचनबाट बनेको जनप्रतिनिधिबाट बनेको संस्थामाथि संकट आएको छ भन्दै केपी ओलीले नेतृत्व गर्ने प्रवृत्ति र हाम्रो प्रवृत्ति एउटै नभएको प्रचण्डको भनाइ छ।

शीर्ष समाचार

धेरै पढिएको