October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

नेपालमा ६ लाख ३८ हजार ८०५ जना संक्रमितमध्य अधिकांशको डिस्चार्ज

काठमाडौं असार १६ गते – डाटा हेर्ने हाे भने नेपालका कुल संक्रमितमध्य अधिकांश काेराेना संक्रमित डिस्चार्ज भैसकेका छन् । हालसम्म नेपालमा काेराेना संक्रमितको कुल संख्या ६ लाख ६८ हजार ८०५ जना पुगेका छन् भने यसकाे अधिकांश निकाे भैसकेका छन् ।

कुल संक्रमित मध्य झण्डै ६ लाख अर्थात ५ लाख ९६ हजार १३२ जना संक्रमित डिस्चार्ज भैसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांक अनुसार हालसम्म नेपालमा मृत्युु हुनेकाे संख्या ९ हजार ११२ जना पुगेका छन् ।

नेपालले अहिलेसम्म आफ्नाे देशकाे कुल जनसंख्यामध्य ३५ लाख ३२ हजार ९४४ जनाकाे काेराेना परिक्षण गरिएको छ । जसमध्ये पश्रसीआर विधिबाट ३३ लाख ४४ हजार १३३ जना र एन्टिजेन विधिबाट १ लाख ८८ हजार ८११ जना छन् ।

देशभर हालसम्म कुल ३५ लाख ३२ हजार ९४४ जनामा परिक्षण गर्दा ६ लाख ३८ हजार ८०५ संक्रमित पुष्टि भएको हाे जसमध्ये अधिकांश निकाे भैसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको