October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

संक्रमण पुनः बढ्दै,२ हजार ८९२ जना थपिए ४१ जनाकाे मृत्यु

काठमाडौं असार १६ गते – नेपालमा काेराेना संक्रमितको संख्या पुनः बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे अनुसार गत २४ घण्टामा ११ हजार ४६८ जनामा परिक्षण गरिएकोमा २८९२ जनामा संक्रमण पुष्टि भएको हाे ।

जसमध्य पीसीआर विधिबाट १८८९ जना र एन्टिजेन परिक्षण विधिबाट १००३ जना संक्रमित फेला परेका हुन् । त्यसैगरी गत २४ घण्टामा ४१ जना संक्रमितको ज्यान गएकाे छ भने ३५९७ जना डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा काेराेनाबाट निकाे हुनेकाे कुल संख्या ५ लाख ९६ हजार १३२ जना पुगेका छन् । त्यसैगरी हालसम्म कुल मृत्यु संख्या ९ हजार ११२ जना पुगेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको