October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

एमालेकाे बैठक सम्पन्न:कारबाही फुकुवा, दशाैं महाधिवेशन आयाेजक कमिटिलाई रुपान्तरण गर्ने निर्णय

काठमाडौं, असार १६ गते । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को बैठक सम्पन्न भएको छ ।बैठकले दशौं महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । आज बुधबार मध्याह्नमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले बैठकले उक्त निर्णय गरेको हो । महाधिवेशन आयोज कमिटीको बैठकबारे पत्रकारलाई जानकारी दिदै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले स्थायी कमिटीमा रहने नेताहरुको हेरफेर गरेको बताएका छन् ।

बैठकले बेदुराम भुषाल, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, विष्णु रिमाल, रघुवीर महासेठ, रघुजी पन्त लगायतलाई लाई स्थायी कमिटीमा थप गर्ने निर्णय गरेको छ । प्रवक्ता ज्ञवालीकाअनुसार बैठकले नेता माधवकुमार नेपाल पक्षका नेताहरुमाथि गरिएको कारबाही फुकुवा गरेको छ ।

महाधिवेशन आयोजक कमिटी केन्द्रीय कमिटीमा रुपान्तरण भएपछि सबै कारवाही निस्प्रभावी भएको छ । ज्ञवालीले बताए अनुसार अब पार्टी पुरानै केन्द्रीय कमिटीको तहबाट सञ्चालन हुने छ । बैठकको निर्णयपछि अब सबै नेताहरु पार्टी एकताको पक्षमा आउने विश्वास व्यक्त गर्दै नेता ज्ञवालीले शुक्रबार बस्ने बैठक २०७५ जेठ २ को अवस्थामा बस्ने जानकारी दिए ।

नेताहरु सबैले पार्टी एकता चाहेकाले समस्या समाधान हुने उनकाे विश्वास छ। त्यसैगरी बैठकले नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गर्नुकम साथै स्वास्थ्य उपचारमा सरकारले सहयोग गरेकोप्रति एमालेले धन्यवाद व्यक्त गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए। त्यस्तै, कोभिडका विषयमा सरकारले प्रभावकारी काम गरेको निष्कर्ष पनि बैठकले निकालेको छ ।

सबै नेपालीलाई कोभिड खोप उपलब्ध गराउने र बाढिपहिराे पिडितलाई सहयाेग र पुनःस्थापनको काम गर्न सरकारलाई आग्रह गरिने निर्णय भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको