October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

काठमाडौंमा उपत्यकामा चहलपहल बढ्दै

काठमाडौं, असार १६ । काठमाडौं उपत्यकामा हिजाेभन्दा चहलपहल बढ्न थालेकाे छ । कोभिड–१९ को दोस्रो लहर नियन्त्रण र व्यवस्थापनका लागि जारी दुुई महिना लामो निषेधाज्ञा पछि मङ्गलबारदेखि थप खुकुुलो पारिएकाे हाे ।

काठमाडौँ, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा २५ सिट क्षमताभन्दा बढीका सार्वजनिक यातायातका सवारी साधन हिजाेदेखि सञ्चालन गर्न अनुमति दिएसँगै चहलपहल बढ्न शुरु भएको छ। काठमाडौँ उपत्यकाका खाद्य तथा किराना पसल पूर्ण रूपमा सञ्चालनमा आएका छन् भने मुख्य बजार क्षेत्र पनि खुल्ने छ ।बजारमा मानिसकाे चहलपहल पनि सुरु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको