October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

काठमाडौंमा सार्वजनिक यातायात सञ्चालन, यात्रुकाे कमि

काठमाडाैं, असार १५ -लामाे समय निषेधाज्ञा पछि काठमाडौं उपत्यकामा जोर–बिजोर प्रणालीका आधारमा सार्वजनिक सवारी साधन आजबाट सञ्चालनमा आएकाे छ । शुरुआति चरण भएको कारणले पनि यात्रुकाे भिडभाड भने देखिदैन।

सोमबार काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले २५ सिटभन्दा बढी सिट क्षमता भएका सार्वजनिक सवारी साधन जोर–बिजोरका आधारमा चल्न पाउने निर्णय गरेको थियाे ।गत वैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा बिस्तारै खुला बनाउने गरी सार्वजनिक यातायात खुला गरिएको हो ।

अब भने उपत्यकामा बिस्तारै सवारी चाप बढ्दै जानेछ । आम नागरिकहरु सुरक्षित रुपमा सामान्य जिवनयापनमा फर्कन सक्नेछन् ।

शीर्ष समाचार

धेरै पढिएको