October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

असार १५ दहि चिउरा खाने,हिलो खेल्ने र राष्ट्रिय धान दिवस मनाउने दिन

काठमाडौं असार १५ । कृषकहरुका लागि वर्षायनमकाे बेला खेतीपाती गर्ने खास समय हुन्छ । झन असार १५ विशेष महत्त्वपूर्ण दिनकाे रुपमा लिने गरेकाे पाइन्छ ।

मानाे राेपेर मुरी फलाउने दिनकाे सुरुवात भनेर पनि असार १५ लाई चिनिदै आएकाे छ ।असार १५ गतेबाट धान राेप्न शुरु गरिने दिन हाे भनेर भनेर पनि भन्ने गरेकाे छ ।

त्यसाे कतिपय किसानले जेठकाे अन्तिम सातादेखिनै धान राेप्न शुरु गर्छन् । तर नेपालकाे अधिकांश क्षेत्रमा पानी छिटै नपर्ने भएकोले गर्दा पनि असारकाे सुरुवातमै धान राेपाँई गर्न सक्दैनन् र कतिपय ठाउँमा सिचाई कुलाेकाे व्यवस्था छैन । जसकाे कारण धान राेपाँइ गर्न पानी पर्खिरहनुपर्ने हुन्छ । तर असार १५ काे मध्य समयमा धान राेपाइ शुरु गर्दा लगभग देशको अधिकांश क्षेत्रमा पानी पर्ने आउने गर्छ त्यसैले पनि १५ गतेलाई धान दिवस मनाई राेपाँई सुरु गर्ने गरिन्छ ।

विशेषगरी असार १५ गते नेपाल सरकारमा कृषि क्षेत्रमा आबद्ध रहेकाे विशिष्ट व्यक्ति मन्त्री, या सचिवलाई निमन्त्रणा गरि धान दिवसको कार्यक्रम राखेर धान राेप्ने र दहि चिउरा खाई याे दिवस मनाइन्छ। नेपाल कृषि प्रदान देश भए पनि चामल पुर्ण रुपले आत्मा निर्भर राष्ट्र बन्न सकेकाे भने छैन । अझै पनि नेपाल ले अत्यधिक मात्रामा चामाल आयात गर्ने गर्छ ।

नेपाल कृषि प्रधान देश भएकोले अत्यधिक मात्रामा धान फलाई अर्बाैकाे निर्यात गर्न सक्छ यसका लागि राष्ट्रले देशकाे विभिन्न क्षेत्रमा सिचाइ व्यवस्थापन गर्न सक्नुपर्दछ र अत्यधिक मात्रामा कृषि उपकरणहरुकाे व्यवस्था गरिनुपर्छ साथै समयमा बीउ बिजन र मलकाे व्यवस्था ,बजारिकरणकाे उचित व्यवस्थापन राज्यले गर्न सके नेपाल चनमलमा निर्भर हुनुकाे साथै खर्बाेकाे अन्तर्राष्ट्रिय व्यापार गर्न सफल राष्ट्र बन्ने निश्चित छ ।

शीर्ष समाचार

धेरै पढिएको