October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

रामचन्द्र पाैडेल र सिटाैलासंग सुजताकाे लन्च मिटिङ,देउवालाई हराउन बलियाे सभापति खडा हुनुपर्छ

काठमाडौं,असार १४। नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले साेमबार वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालासंग भेटवार्ता गरेकी छन् । काेइरालाले वरिष्ठ नेता पाैडेल र नेता सिटौलालाई टेलिफोन गरि भेट्न बाेलाएकि थिइन् ।

दुवै नेतासंग सोमबार दिउँसो मण्डिखाटारस्थित निवासमा भेटघाट गरि १४औं महाधिवेशनको तयारीबारे कुरा भएको छ ।काेइरालाले काँग्रेसका दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र एकताको नीति उल्लेख गरिन् ।

काँग्रेस जोगाउने हो भने सबै मिल्नुपर्ने सुजाताकाे भनाइ थियाे । एक स्रोतका अनुसार कोइरालाले सभापति शेरबहादुर देउवाको विकल्प दिने गरी सहमतिमा बलियो सभापतिको उम्मेदवार खडा हुनुपर्ने र पौडेल र सिटौलालाई मिलेर जान आग्रह गरेकी छन् ।

दुई नेता नमिल्दा पार्टी नेतृत्व देउवाको हातमा गएको र अहिले अप्ठ्यारो परिस्थित आएको समेत छलफलमा कुराकानी भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको