October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

४२ जनाकाे मृत्यु,२ हजार ४४४ जना काेराेना संक्रमित थपिए

काठमाडौं असार १४ – गत २४ घण्टामा ४२ जना काेराेना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएकाे २४ घण्टाभित्र आरटीपीसीआर परिक्षण विधिबाट १५०९ र एन्टिजेन परिक्षण विधिबाट ९३५ जना गरि जम्मा २,४४४ जना संक्रमित थपिएका हुन् ।

त्यसैगरी थप ३८५३ जना काेराेना संक्रमणबाट मुक्ति भएका छन् । हालसम्म नेपालमा काेराेनाबाट निकाे हुनेकाे संख्या ५८८,१८७ जना पुगेकाे छन् ।

शीर्ष समाचार

धेरै पढिएको