April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

भाेलि मंगलबारदेखि काठमाडौं उपत्यकामा जाेर बिजाेर प्रणालीमा सार्वजनिक यातायात चल्ने

काठमाडौँ- असार १४ गते ।उपत्यकामा भाेलि मंगलबारदेखि जाेर बिजाेर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।त्यसैगरी जारी निषेधाज्ञा केही खुकुलो बनाउदै असार २१ गतेसम्म थप गर्ने निर्णय गरिएको छ ।

भोलिबाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोरबिजोर प्रणालीको आधारमा चलाउन दिने निर्णय भएको छ ।तर सवारी साधनमा तोकिएको स्वास्थ्यका मापदण्ड पालना भने कडाइका साथ लागु गरिने स्थानीय प्रशासनले जनाएको छ । अन्य साना सार्वजनिक सवारी साधनको हकमा भने नयाँ निर्णय गरिएको छैन ।

खाद्यान्नका पसल साँझ ६ बजेसम्म खोल्न दिने निर्णय भएको जिल्ला प्रसासन कार्यालय काठमाण्डौ द्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। हाल उपत्यकामा निजी सवारीसाधन र ट्याक्सीहरुलाई जोर–बिजोरको आधारमा तथा व्यापार व्यवसाय बारको आधारमा सञ्चालन हुँदै आएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको