
काठमाडौं – पूर्व मन्त्री सुनीलबहादुर थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका छन् । उनीसहित ३१ जना केन्द्रीय नेताहरुले आज राप्रपाका तीनजना अध्यक्षलाई राजीनामा पत्र लेखी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
राप्रपा परित्याग गर्नेहरुमा पूर्व गृहराज्यमन्त्री विष्णु विक्रम थापा, केन्द्रीय नेताहरु बाबुराम बस्नेत, वृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राईलगायत छन् । राप्रपा परित्याग गर्नेमा थापासहित ३१ जना प्रभावशाली नेताहरु छन् । राप्रपाबाट संयुक्त राजीनामा दिनेहरुमा सुनीलबहादुर थापा, विष्णु विक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेत, किरण गिरी, दिलिप राई, आशाराम चौधरी, चन्द्रबहादुर घुण्डे गुरुङ, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वकर्मा, राम पदारथ साह, नारायण राउत, इन्द्रबहादुर तामाङ र राजकुमार राई छन् ।
त्यसैगरी डम्बरबहादुर राई, माधव पौडेल, अर्जुनविक्रम थापा, हरेन्द्रप्रसाद यादव, रुपनारायण यादव, भिखारीलाल यादव, महेन्द्र बस्नेत, गोपी ठकुरीडोलनाथ आचार्य, दबिबल तामाङ, मदन घिमिरे र ध्रुब थापाले पनि पार्टी परित्याग गरेका छन् ।थापाको गृहजिल्ला धनकुटाबाट जिल्ला कार्यसमितका सम्पूर्ण सदस्य र स्थानीय कमिटीहरु राप्रपाबाट अलग भएको राजीनामा पत्रमा दाबी गरिएको छ ।पार्टी परित्याग गर्नेहरुमा धनकुटापछि सिन्धुपाल्चोकका कार्यकर्ता बढी छन् । बारा, धनुषा, सर्लाही लगायतका जिल्लाबाट पनि केही कार्यकर्ताहरु थापासँगै राप्रपाबाट बाहिरिएका छन् ।
क–कसले छाडे पार्टी ?








