
काठमाडौं, १३ असार । विद्यार्थीहरुले त्रिभुवन विश्व विद्यालय परिसरमा आइतबार प्रदर्शन गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयमा एमफिल तथा पीएचडीको अध्ययन शुल्क वैज्ञानिक नभएको भन्दै संयुक्त विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । उनीहरुले ‘विद्यार्थीहरूले एमफिल, पीएचडी निःशुल्क गर’, ‘राज्यको लगानीमा उच्च शिक्षा सुरक्षित गर’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

त्रिवि परिसरमा त्रिवि विद्यार्थी संघर्ष समितिले प्रदर्शन गर्दै विश्वविद्यालयलाई ज्ञान उत्पादनमाकाे थलाे बनाउ,त्रिविमा शिक्षाको व्यापार बन्द गर जस्ता नारा पनि लगाएका छन् ।







