October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ कम्पनीलाई सरकारकाे अनुमति,बिहिवारदेखि आन्तरिक उडान पनि शुरु

काठमाडौं, असार १३। सरकारले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि थप ४ उडान कम्पनीलाई अनुमति दिएकाे छ । पहिले ५ पाँच वटा हवाई कम्पनीले अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्दै आएकाेमा सरकारले थप ४ वटा हवाई कम्पनीलाई अनुमति दिएको छ ।

अब अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नेमा नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स, कतार एअरलाइन्स, टर्किस एअरलाइन्स, जजिरा एअरलाइन्स, फ्लाइ दुवई एअरलाइन्स, सलाम एअरलाइन्स, एअरअरविया र एअरइण्डियाले नेपालका लागि उडान गर्नेछन् ।

त्यसैगरी आन्तरिक हवाई उडान पनि बिहीबारदेखि शुरु हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्ने हवाई निर्णय गरेको छ ।

बिहीबारबाट बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म आन्तरिक हवाई उडान सुरु हुने नागरिक उडड्यन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी गराए । त्यसैगरी दोहा, जापान, दुबई, ओमान, कुवेतबाट पनि उडान शुरु भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको