October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

प्रचण्डको आक्राेश: हु इज केपी ओली ?

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आक्राेश व्यक्त गर्दै हु इज केपी ओली भनेर तर्क गरेका छन् ।

राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप प्रचण्डले लगाएका छन् ।

विपक्षी गठबन्धनको तर्फबाट पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रममा भाग लिँदै उनले राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै आक्रोश व्यक्त गरेका हुन

प्रचण्डले भने ‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने? राष्ट्रपतिको बारेमा बोल्न पाइँदैन भन्ने हु इज केपी ओली?’

प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको बताउनुभएको थियो ।

केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप प्रचण्डकाे छ।

शीर्ष समाचार

धेरै पढिएको