October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

घरमै सुत्केरी गराउदा उच्च रक्तस्राव भई सुत्केरीकाे मृत्यु

जाजरकाेटमा घरमै सुत्केरी गराउदा उच्च रक्तस्राव भई सुत्केरीको मृत्यु भएको छ ।

जाजरकोटको ठूलीभेरी नगरपालिका –६ दुरगाउँ डोल्पाकी २४ वर्षीया आतमाया विकको असुरक्षित रुपमा घरमै सुत्केरी हुँदा मृत्यु भएको हाे।

स्वास्थ्य संस्था नगई घरमै असुरक्षित रुपमा सुत्केरी भएकी विकको शिशु जन्मिनेबित्तिकै अत्यधिक रक्तस्रावका कारण आज बिहान मृत्यु भएको स्थानीयवासीले बताए । शिशुको स्वास्थ्य अवस्था भने सामान्य रहेकाे छ । photo file

शीर्ष समाचार

धेरै पढिएको