
काठमाडौं – नेपालमा शनिबार नयाँ काेराेना संक्रमित १०९ जना थपिएका छन् । याे सँगै कुल संक्रमितको संख्या १८ हजार ४८३ जना भएको छ । आज डिस्चार्ज हुनेकाे संख्या भने १०६ जना रहेका छन् । याे सँगै डिस्चार्ज हुने कुल संख्या १३ हजार ५३ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गाैतमका अनुसार आज थप १ जना संक्रमितको मृत्यु भएको छ । याे सँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४५ पुगेकाे छ । नेपालकाे ७७ जिल्ला मध्य आज ६ जिल्ला काेराेना मुक्त रहेकाे छ ।





