April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

असार १४ पछि सार्वजनिक यातायातका पनि सञ्चालन गरिने

काठमाडौं, असार ११, असार १४ गतेबाट सार्वजनिक यातायात सञ्चालन गरिनेबारे तयारी भैरहेको छ । करीब दुई महिनादेखि बन्द रहेको सार्वजनिक यातायात सञ्चालनका लागि उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु सकारात्मक भएकाे बजिएकाे छ ।

असार १४ गते पछि स्वास्थ्य मापदण्ड अपनाएर नयाँ मोडालिटीका साथ यातायात सञ्चालन गर्ने तयारीका साथ सम्बन्धित निकायहरुसँग छलफल र परामर्ष शुरु गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी कल्पना घिमिरेले जानकारी दिएकि छन् ।

प्रमुख जिल्ला अधिकारीहरुले भने सम्वन्धित निकायहरुसँग मरामर्ष शुरु गरेको जनाउदै व्यवसाय सञ्चालनका विषयमा सकारात्मक रहेको जनाएका छन् । सार्वजनिक यातायात लामो समयदेखि बन्द रहेकाले आम नागरिक र व्यवसायीमा सम्या परिरहेकाे छ ।

दैनिक जीवन धान्न नै कष्टकर भएको र काम पनि ठप्प भएको हुदा काेराेनाबाट बच्ने उपाय अपनाएर यातायात सञ्चालन गर्न सर्वसाधारणले सरकारलाई माग गरेका छन्।

शीर्ष समाचार

धेरै पढिएको