October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

भेराेसेल खाेपकाे दाेस्राे मात्रा असार २२ गतेबाट दिइने

काठमडौं, भेराेसेल खाेपकाे पहिलाे मात्रा लगाएका नागरिकहरुलाई असार २२ गतेदेखि दाेस्राे डाेज दिइने भएकाे छ ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभरका ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाएको थियो । उक्त व्यक्तिहरुले मात्र असार २२ गतेदेखि भेराेसेल खाेपकाे दाेस्राे डाेज पाउने भएकाे छ ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा.झलक शर्मा गौतमले पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा (बुस्टर डोज) खोप लगाइने तयारी भएको बताए ।

साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात् दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउनेछन् ।

गाैतमका अनुसार यस अघि भेरोसेलको पहिलो मात्रा खोप लगाएका जुनसुकै उमेर समूहकाले पनि दोस्रो मात्रा खोप लाउन पाउनेछन् त्यसका लागि उनीहरूले पहिलो मात्रा खोप लगाएको कार्ड देखाउन अनिवार्य छ।

शीर्ष समाचार

धेरै पढिएको