October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

नेपाली काँग्रेसका सभापति उम्मेदवारको छलफल गर्न पौडेल पक्षको बैठक बस्दै

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आफू पक्षीय नेताहरु छलफल गर्दै छन् । शुक्रबार (आज) दिउँसो २ बसुन्धरास्थित दियालो फुडल्याण्डमा पौडेल पक्षीय केन्द्रीय सदस्यहरुको बैठक बस्न लागेको हो । गत शनिबार यता सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सभापतिको दाबेदारी प्रस्तुत गर्दै सक्रियता बढाएपछि पौडेलले पनि बैठक बोलाएका छन् ।

विपक्षी गठबन्धनका शीर्ष नेता र सम्पादकसँगको अन्तक्रियाका कारण विहीबार बस्ने भनिएको बैठक आज बस्न लागेको हो । उनीहरुको सक्रियतापछि पौडेल पक्षमा पनि १४ औं महाधिवेशनको नेतृत्वको विषय टुंगो लगाउन बैठक राख्न पौडेललाई नेताहरुले दबाब दिएका थिए । पौडेल पक्षमा आधा दर्जन नेता सभापतिको आकांक्षी देखिएको छ ।

वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, नेता प्रकाशमान सिंह, शेखर कोइराला, सुजाता कोइराला, कल्याण गुरुङले सभापति उठ्ने बताइरहेका छन् । देउवाले आफूनिकट सातै प्रदेशका केन्द्रीय सदस्यहरूसँग छलफल गरी सभापतिमा दोहोरिने बताइसकेका छन् । निधिले पनि संस्थापन इत्तर पक्षका नेताहरुसँग सोमबार छलफल गरी सभापतिमा सहयोग मागेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको