October 28, 2021, Thursday
२०७८ कार्तिक ११, बिहीबार

फुटिसकेकाे जसपा सर्वाेच्चकाे आदेशपछि जुट्ने पक्का

काठमाडौं, असार ९।औपचारिक विभाजन मात्र हुन बाकी रहेकाे जनता समाजवादी पार्टी ( जसपा) जुट्ने सम्भावना उच्च देखिएको छ । सर्वोच्च अदालतको मङ्गलबारको आदेशले एक हुने बाटाे खुलेकाे छ ।

ठाकुर पक्ष मन्त्री बन्न गएको विषयमा परेको विवादले जसपा फुटेर औपचारिक विभाजन मात्र बाँकी रहेकाे थियो । ८ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरेकोविरुद्ध सर्वाेच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि जसपाका ११ मन्त्री पदमुक्त भएका छन् । ती ११ मन्त्री विघटित प्रतिनिधि सभाका सांसद थिए । उनीहरु अध्यक्ष महन्थ ठाकुर पक्षका हुन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर दुवै निर्वाचन आयोगमा आधिकारिकताको दाबी गर्दै आइरहेका थिए । तर अब सर्वाेच्चकाे आदेशपछि एकताको कुरा धेरै धेरै भैरहेका छ । जसपाका नेताहरुले विगतमा जे भयो अब मिलेर जानुपर्ने भन्दै सक्रियता बढाउन थालेका छन् । अब भने जसप जुटेर लगभग मिल्ने पक्का भएको छ ।

शीर्ष समाचार

धेरै पढिएको