April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

बाढीकाे ठुलाे क्षति बेहाेरेका मेलम्चीका स्थानीय सम्हालिने प्रयासमा आफ्नाे डुबेको घर खाेस्रदै

कठमाडौं, असार ९ । गतहप्ताको मंगलबार राति गएकाे भीषण बाढीबाट ठूलो संख्यामा धनजनको क्षति व्यहोरेको मेलम्ची बजारका स्थानीय सम्हालिने प्रयासमा छन् । बाढीको पीडाबाट बाट अलिक सम्हालिएर आफ्नो पुरिएको घर खोस्रीखास्री गर्न थालेका छन् ।

बाढीले भएभरको धनसम्पत्ती र कतिपयले परिवारजन गुमाए पनि आखिर सधैं पीडामा मात्र पिल्सिएर बसेर बाँकी जीवन चल्दैन भन्दै केहीले आफ्ना भत्किएका घर पसलमा बचेखुचेका सामान जम्मा गर्दै छन् । भने केहिले पुरिएको घर खाेस्रदै छन् ।

मेलम्ची क्षेत्रका केही बासिन्दा,प्रहरी र सेनाका जवान मिलेर तटबन्ध निर्माण गरी बजार क्षेत्रमा बाढीले हुन सक्ने थप क्षतिलाइ रोक्ने प्रयासमा जुटिरहेका छन् । कतिका घरनै बगाएकोले त्यहि खाेस्रने बाटाे पनि छैन भन्दै भकानिन्छन् ।

शीर्ष समाचार

धेरै पढिएको