April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

काेठा नदिएको भन्दै रुपा सुनारले थुनाएकाे सरस्वती प्रधानलाई छुटाउन सडक नै प्रदर्शन भयाे

काठमाडौं असार ९।आफुलाई जातकै कारण काेठा नदिएकाे भन्दै घरबेटीलाई रुपा सुनारले मद्दा दर्ता गरिन् त्यसपछि थुनामा परेका सरस्वती प्रधानलाई रिहाइको माग गर्दै आज सडक प्रदर्शन नै भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ–संस्थामा आबद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् ।

सञ्चारकर्मी समेत रहेकी रुपा सुनारले आफूलाई जातीयताका आधारमा कोठा भाडामा नदिएको आरोपमा उजुरी गरेपछि प्रहरीले बबरमहलकी घरधनी प्रधानलाई पक्राउ गरी मुद्दा चलाएको थियो । प्रधान निर्दोष रहेको र उनलाई फसाउन खोजेको भन्दै यल जातीय समाजका २० सदस्य समाजहरु, नेपा भाषा मंका खलः, नेवा दे दबु यल, नेवा ग्वाली पुचः लगायतका प्रतिनिधि र स्थानीय घरधनीले विरोध गरेका हुन् ।

प्रदर्शनकारीले घरधनी प्रधानले जातीय विभेद गर्ने उद्देश्यले कोठा नदिएको बताउँदै आफ्नो घरमा बस्न आएको मान्छेको चालचलन, पेशा, व्यवसाय बुझ्न मात्र कुराकानी गरेको दावी गरेका छन् । घर सल्लाह नगरी कोठा दिन नसक्ने बनाउँदैमा जातीय विभेद नभएको उनीहरुले बताए ।

शीर्ष समाचार

धेरै पढिएको