October 25, 2021, Monday
२०७८ कार्तिक ८, सोमबार

मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन सर्वोच्चकोआदेश

पुनः नियुक्त भएका मन्त्रीहरूले अब काम गर्न नपाउँने भएको छ । सर्वोच्च अदालतले जेठ २१ र २७ गते भएको मन्त्रिपरिषद् विस्तारका क्रममा थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको हाे ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाश ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न नदिन अन्तरिम आदेश दिएको छ। प्रतिनिधि सभा विघटन गरेको कामचलाउ चुनावी सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सर्वोच्चको आदेशपछि जनता समाजवादी पार्टीका ९ र एमालेका पछि थपिएका मन्त्रीहरुको पद गएको छ । अब मन्त्रिपरिषद्मा प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेलसहित ५ मन्त्री मात्र बाँकी रहेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको