October 19, 2021, Tuesday
२०७८ कार्तिक २, मंगलवार

आजबाट खाद्यान्नमा छुट नपाउने

काठमाडौँ, असार ८। मंगलबारदेखि खाद्यान्नमा छुट नपाउने भएकाे छ । निषेधाज्ञा खुकुलो भएसँगै खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले आजदेखि खाद्यान्नमा छुट नदिने भएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रवक्ता शर्मिला सुवेदीका अनुसार अब निषेधाज्ञा खुकुलो भइसकेको भन्दै । खाद्यान्नमा दिएको छुट आजबाट रोक्ने निर्णय भम्एको बताइन् ।

यो आर्थिक वर्षको बजेटमा सरकारी स्वामित्वका दुई कम्पनी साल्ट ट्रेडिङ र खाद्य कम्पनीबाट विक्री हुने खाद्यान्नमा निषेधाज्ञा अवधिभर २० प्रतिशत छुट दिने उल्लेख थियो । उल्लेख भएसँगै जेठ २० गतेदेखि कम्पनीबाट विक्री हुने चामल, पिठो, दाल, नुन, तेल, चिनी तथा खाना पकाउने ग्यासको विक्री मूल्यमा २० प्रतिशत छुट दिँदै आएको थियाे ।

शीर्ष समाचार

धेरै पढिएको