April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

काठमाडौंमा निषेधाज्ञा खुकुलो भएपछि सवारीसाधन यस्ताे चाप

काठमाडौं : असार ८। मंगलबारदेखि काठमाडौं उपत्यकाकामा निषेधाज्ञा केही खुकुलो भएको छ । निषेधाज्ञा खुकुलाे भएसंगै सडकमा सवारीसाधनकाे बाक्लाे चाप हुन थालेकाे छ । कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा मंगलबारबाट केही खुकुलो भएको हाे ।

निजी गाडी तथा ट्याक्सीहरु जोरबिजोर प्रणालीमा सञ्चालनमा आएकाे छ । त्यसैगरी केही प्रत्यक्ष सम्पर्क हुने तथा भिडभाड हुनेबाहेकका व्यवसायसमेत आलोपालो गरी सञ्चालन हुने भएको हाे। सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक पसल सोमबार, बुधबार र शुक्रबार खुल्ने छन् ।

उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो । आजदेखि असार १४ गते राति १२ बजेसम्म उक्त आदेश लागू हुनेछ । यसपटक साना सवारी साधन (कार जीप, भ्यानमा बढीमा चार जना), ट्याक्सीमा तीन जना रहने गरी र मोटरसाइकल, स्कुटरमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको