March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

बाढिले ढालेको पोलबाट करेन्ट लागेर सिन्धुपाल्चोकमा एक युवकको मृत्यु

सिन्धुपाल्चोक , बाढिको कारण कटानि भएको सिन्धुपाल्चोकको मेलाम्चि स्थित नदि किनारको बिद्युतको खम्बा (पोल) ढलेर तार भुइमा लत्रिदा एक युवाको घटना स्थलमै मृत्यू भएको छ ।

मेलम्ची खोलामा आएको बाढिको कारण घर खेत बाढिले पुरेपछि सो माटो निकाल्नको लागि एक्जाभेक्टर (डोजर) लिन गएका २७ बर्षिय धर्मराज दुलालको मृत्यू भएको नेपाल बिद्युत प्राधिकरण मेलम्ची बितरण शाखाले जानकारी दिएको छ ।

मेलम्चीको कटानले बिद्युत पोल ढालेको र उत्त पोलमा ११हजार भोल्ट बिद्युत प्रवाह भइरहेको अवस्थामा दुलालको मृत्यू भएको हो । बिद्युत प्राधिकरणको लार्पवाहिको कारण एक निर्दोषको ज्यान गएको भन्दै स्थानियहरुले लाशलाइ सडकमा राखेर बिरोध प्रर्दशन गरिरहेका छन् ।

असार १ मा आएको बाढिमा मेलम्चीमा बिद्युत प्रशारण पुर्ण रुपमा बन्द भएको थियो । तर, सबै क्षेत्रमा राम्ररी चेक जाँच नगर्दा युवाको ज्यान गएको हो ।

शीर्ष समाचार

धेरै पढिएको