March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

ज्वाला भनिने टीका संग्राैला र उनकाे टिमलाई ३ दिन अझै थुनामा राख्न अनुमति

काठमाडौं असार ७। ज्वाला सहितका टिमलाई अझै ३ दिन थुनामा राख्न प्रशासनले अनुमति दिएकाे छ । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला भन्ने टीका संग्रौला सहितका ३ जनालाई थप ३ दिन थुनामा राख्न प्रशासनले आज अनुमति दिएको हाे।

आइतबार पक्राउ परेका संग्रौला,हिमाल उपाध्याय र शर्मीला वाइवालाई म्याद थपका लागि प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार पेस गरेको थियो । महानगरीय प्रहरी परिसर टेकुका एसएसपी अशोक सिंहका अनुसार प्रशासनको अनुमतिसँगै उनीहरूमाथि थप अनुसन्धान पनि शुरू भएको छ ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिए पछि आइतबार प्रहरीले ३ जनालाई हिरासतमा लिएको थियो । उनीहरुमाथि कुटपिट अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियो लागेकाे छ ।

शीर्ष समाचार

धेरै पढिएको